|

रुकुम (पूर्व) : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ मा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका सुन्दर ओली अध्यक्षमा निर्वाचित भएका छन्। माओवादी केन्द्रकै लक्ष्मण ओलीलाई पराजित गर्दै सुन्दर निर्वाचित भएका हुन्।

उक्त वडामा बागी उम्मेदवार रहेका सुन्दरले माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण र कांग्रेसका उम्मेदवार मुस्कान ओलीसँग प्रतिस्पर्धा गरेका थिए। सुन्दरले ५ सय ७७ मत ल्याएका छन् भने लक्ष्मणको पक्षमा ४ सय १७ मत आएको छ।

अरु ४ सदस्यमा पनि बागी तर्फकै उम्मेदवार निर्वाचित भएका छन्।

सदस्यमा कमला बोहरा, लालसरा कामी, खड्कबहादुर पुन र पूर्णबहादुर बुढा निर्वाचित भएका छन्। उनीहरूले धारा चुनाव चिन्हमा चुनाव लडेका थिए। सुन्दर माओवादी केन्द्रको त्रिवेणी गाउँपालिका उपाध्यक्ष थिए।

स्वतन्त्र उम्मेदवारी दिएपछि उनलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.