|

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिकामा ४ घण्टामा ३०० मात्रै मतगणना भएको छ। बिहान ८ बजे बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि नै मतगणना शुरु गर्ने निर्णय गरेको थियो।

बिहान पानी परेको र उमेदवारका प्रतिनिधि आउन ढिला गरेकाले १२:४५ बजे मात्रै मतगणना शुरु भएको थियो। ३०० मतगणना सकिँदा इटहरीको मेयरमा नेपाली काँग्रेसका उमेदवारले अग्रता लिएका छन्। यता उपमेयरमा भने एमालेले अग्रता कायम गरेको छ। अहिलेसम्मको मतपरिणामअनुसार इटहरीको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले १७० मत ल्याएर अग्रता कायम गरेका छन्।

८९ मतका साथ नेकपा एमालेका यामकुमार सुब्बाले पछ्याइरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका आकाशहाङ सुब्बाले १५ मत पाए। यता उपमेयरतर्फ भने एमालेकी संगीताकुमारी चौधरीले १०७ मतका साथ अग्रता कायम गरेकी छिन्।

उनलाई नेकपा (एकीकृत समाजवादी)का केशवकुमार विष्टले ९० मत ल्याएर पछ्याइरहेका छन्। उपमेयरमा राप्रपाले १८ मत ल्याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.