|

बैतडी : बैतडीका चार वडाकाे नतिजा सार्वजनिक भएकाे छ। जसमा दुई वडामा नेपाली कांग्रेस र दुई वडामा नेकपा एमाले विजयी भएका छन्। 

जिल्लाको पुर्चाैडी नगरपालिका-१० को अध्यक्षमा नेपाली कांग्रेसका हिक्मतबहादुर बिष्टले प्यानल विजयी भएकाे छ। उनले ४८५ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोपाल महराले ४६२ मत मात्र पाए। एमालेका जितबहादुर बिष्टले ३९४ मत प्राप्त गरेका छन्।

यस्तै, शिवनाथ गाउँपालिका-१ को अध्यक्षमा नेपाली कांग्रेसका बल्देब सिंह चाड प्यानल सहित विजयी भएका छन्। चाड ७ सय मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार देवसिंह साउदले ४ सय ७० मत प्राप्त गरेका छन्।
 
यसका साथै सुर्नया गाउँपालिका-१ मा एमालेका धनबहादुर चन्द प्यानलसहित विजयी भएका छन्। उनले १५५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ११५ मत ल्याएका छन्।

दशरथचन्द नगरपालिका-११ को वडाध्यक्षमा एमालेका जयदत्त पन्त विजयी भएका छन्। पन्तले ३३४ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पद्यमादत्त पन्तले २९५ मत ल्याए।

यस्तै, दलित महिला सदस्यमा एमालेका उम्मेदवार विजयी भएका छन्। महिला सदस्य र खुला दुई सदस्यमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। 
पन्त गएको स्थानीय तहको निर्वाचनमा पनि एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए। 

बैतडीमा १० स्थानीय तहका ८४ वडा रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.