|

धनकुटा : ११ औँ संस्करणको रारा गोल्डकपअन्तर्गत आइतबार सिराहाको सलहेश युथ क्लब र सुनसरीको गोल्डेन स्टार युथबीच खेल हुँदै छ। खेल चौबिसे गाउँपालिकाको राजारानी खेलमैदानमा दिनको ३ बजे शुरु हुने आयोजकले जनाएको छ। 

सलहेश र गोल्डेन स्टार बीचको खेल पहिलो चरणको अन्तिम खेल भएको र सोमबारदेखि सेमिफाइनलका खेल हुने आयोजक समितिका संयोजक मणि चेम्जोङले जानकारी दिए। सेमिफाइनलको पहिलो खेल सोमबार डाँगिहाट युथ क्लब मोरङ र आयोजक रारा फुटबल क्लब बीच हुने छ भने सेमिफाइनलको दोस्रो खेल मंगलबार विर्तामोड युनाइटेड क्लब र आइतबारको विजेता बीच हुनेछ। 

दुवै सेमिफाइनल खेलका विजेताबीच बुधबार फाइनल खेल हुने संयोजक चेम्जोङले बताए। 

यसअघि शनिबार भएको खेलमा भोजपुर फुटबल क्लबलाई ३–२ गोलले पराजित गर्दै आयोजक रारा फुटबल क्लब सेमिफाइनल पुगेको छ। यस्तै रियल स्टार युथ क्लब हेटौँडालाई पराजित गर्दै विर्तामोड युनाइटेड क्लब झापा सेमीफाइनल पुगेको छ। डाँडाबजार युथ क्लब धनकुटालाई पराजित गर्दै मोरङको डाँगिहाट युथ क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.