|

दैलेख : दैलेखको महाबु गाउँपालिका वडा नम्बर ६ का माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। माओवादीका रेशमबहादुर थापाले ४१२ मत प्राप्त गर्दै विजयी भएका महाबुका निर्वाचन अधिकृत बीरेन्द्र केसीले बताए। 

महाबु-६ मा नेपाली काँग्रेसका उम्मेदवार हर्कबहादुर शाहीले ३९७ र एमालेका रक्षबहादुर मगरले ३५९ मत प्राप्त गर्दै पराजित भएका जनाइएको छ। ​संघीयतापछि २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा दैलेखका ९० वडामध्ये कुनै पनि वडामा जित निकाल्न सकेको थिएन। 

२०७९ वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले दैलेखका २ वडामा अध्यक्ष जितेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.