|

गण्डकी : पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ। 

मतगणनामा भएको एक हजार १०० मतको गणनामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ४५६ मत पाएका छन्।

नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ३८३ मत प्राप्त गरेका छन्।

यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले ५०४ मत प्राप्त गरेकी छिन्।

एमालेकी मञ्जुदेवी गुरुङले ४०४ मतसहित रानाभाटलाई पछ्याउँदै छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.