|

पर्वत : पर्वतको जलजला गाउँपालिका–३ मा पनि वडाका सबै पदाधिकारीहरू नेकपा एमालेबाट निर्वाचित भएका छन्।

वडा-१ मा एक सदस्यबाहेक सबै र वडा-२ मा पाँचै जना सदस्यहरू जितेको एमालेले वडा-३ मा पनि प्यानल सहितको जित हात पारेको हो।

वडाध्यक्षमा नेकपा एमालेका एकिन्द्र खत्रीले नेपाली कांग्रेसका नवीन जि.सीलाई ८३ मतले पराजित गरेका छन्। खत्रीले चार सय ५५ मत ल्याउँदा जि.सी ले तीन सय ७२ मत पाएका छन्। सोही पदमा स्वतन्त्र उम्मेदवार रहेका सागर लामिछाने क्षेत्रीले भने छ मत मात्रै प्राप्त गरेका छन्।

यस्तै, दुई जना खुल्ला सदस्य पदमा चार सय ४३  र चार सय २१ मत सहित विकास भण्डारी र ठाकुरप्रसाद रेग्मी विजयी भएका छन्। कांग्रेसका इन्द्र बरुवालले तीन सय २७ र माओवादी केन्द्रका पवन अधिकारीले दुई सय ४० मत ल्याएर पराजित भए।

यस्तै, महिला सदस्य पदमा एमालेकी सुनिता खत्री क्षेत्रीले कांग्रेसकी पार्वती पौडेल (खत्री) लाई पराजित गरेकी छिन्। सुनितालाई चार सय ७८ मत आउँदा पार्वतीको पक्षमा तीन सय २३ मत परेका छन्। दलित महिला सदस्यमा एमालेकी मनरुपा विश्वकर्माले कांग्रेसकी दालदेवी विश्वकर्माले पराजित गरेकी छिन्। मनरुपाको पक्षमा चार सय ३३ मत पर्दा दाल देवीको पक्षमा तीन सय १९ मत आएका छन्।

नौ ओटा वडाहरू रहेको जलजला गाउँपालिकाको अध्यक्षमा एमालेले ठुलो मतान्तर सहित अग्रता कायम गरिरहेको छ। अध्यक्ष पदका लागि एमालेबाट लालबहादुर अधिकारी र कांग्रेसबाट राजु प्रसाद आचार्य चुनावी मैदानमा छन्। अधिकारीले १७ सय ३६ मत ल्याउँदा आचार्यको पक्षमा छ सय ८९ मत मात्रै परेका छन्। अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका महेन्द्र फकामी मगरलाई ५३ र राप्रपाका गंगे दमाईलाई २ मत परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.