|

जनकपुरधाम : जनकपुर उपमहानगरपालिका वडा नम्बर २ मा नेपाली काँग्रेसका उम्मेदवार प्यानल  सहित वडाध्यक्ष निर्वाचित भएका छन्।

सो वडामा नेपाली काँग्रेसका शिवकुमार साह ६११ मत  ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अशोककुमार गुप्ताले २९५, नेकपा एमालेका सन्तोषकुमार साहले १५७ मत ल्याएका छन्।

त्यस्तै काँग्रेसबाटै महिला सदस्यमा सितादेवी साह ५५८, दलित महिला सदस्यमा धनेश्वरीदेवी मुखिया ५५३, सदस्य अमितकुमार साह ४९९, महेश खत्वे ४२३ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत कार्यालय जनकपुरधामले  जानकारी दियो।

योभन्दा पहिला वडा नम्बर १ मा पनि नेपाली कांग्रेस नै निर्वाचित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.