एमालेका नगरप्रमुख उम्मेदवार शर्माकै गाउँमा कांग्रेस विजयी

|
फाइल

पर्वत : पर्वतको फलेवास नगरपालिका–१ कार्कीनेटामा कडा प्रतिस्पर्धाकाबीच नेपाली कांग्रेसका उम्मेदवार चोलाकान्त पाध्याले करिब तीन दशकदेखिको एमाले विरासत भत्काएका छन्।

विगतका निर्वाचनहरूमा एमालेले नेकपा एमालेले एकछत्र रूपमा विजय प्राप्त गर्दै आएको कार्कीनेटामा एमालेका उम्मेदवार दीर्घनारायण शर्मा उपाध्यायसँग तीन मतको अन्तरमा पराजित भएका छन्।

‘उनीहरूले २९ वर्षदेखि एकोहोरो रूपमा शासन गरिरहेको अवस्था हो। यस अगाडिका निर्वाचनमा प्रतिस्पर्धामा रहेर पनि कांग्रेसले हार बेहोर्दै आएको थियो। जनताले मेरो काममा विश्वास गरेर विजयी गराउनुभएको छ’ चोलाकान्त भन्छन्, ‘मैले त्यस्ता नयाँ खालका कुनै सपनाहरू जनताको माझमा बाँडेको होइन। शक्तिमा नरहँदा पनि लगातार जनताको काम गर्दै आएको हुँ। इमानदार व्यवहार देखेर नै नागरिकले विश्वास गर्नुभएको हो। सामाजिक सेवामा स्थानीय रूपमा सक्रिय रहेको उदाहरण देखेर नै जनताले पाँच वर्षका लागि चुन्नुभएको छ।’

२०७४ सालको स्थानीय तहको निर्वाचनमा फलेवास नगरपालिकाको प्रमुख बनेका तथा अहिलेको निर्वाचनमा पनि नेकपा एमालेबाटै फलेवास नगरपालिकाको नगरप्रमुख पदमा लडिरहेका पदमपाणी शर्माको गाउँ कार्कीनेटामा नै कांग्रेसले जीत हात पारेको हो। वर्षौँदेखि नेकपा एमालेको आधार क्षेत्र मान्ने गरिएको कार्कीनेटामा कांग्रेसले जित्नुले सामाजिक सञ्जालमा राम्रै चर्चा पाइरहेको छ।

वडाध्यक्षमा कांग्रेसका उम्मेदवारले जितेको भए पनि बाँकी चार सदस्यहरूमा भने एमालेले नै जीत हात पारेको छ।

दुई नगरपालिका र पाँच ओटा गाउँपालिका गरी सात स्थानीय तहमा ६१ ओटा वडाहरू रहेको पर्वतमा हालसम्म १२ ओटा वडाहरूको मतगणना सम्पन्न भएको छ। यो समाचार तयार पार्दासम्म १० ओटा वडामा एमालेले जितेको छ भने कांग्रेसले दुई ओटा वडाहरूमा मात्रै जित हात पारेको छ।

एमालेले जलजला गाउँपालिकाको वडा-१, २, ३ र ४, पैयुँ गाउँपालिकाको वडा-३, महाशीला गाउँपालिकाको वडा-१, २ र ३ तथा फलेवास नगरपालिकाका वडा-११ मा एमालेले जितेको छ। यस्तै नेपाली कांग्रेसले कार्कीनेटा बाहेक पैयुँ गाउँपालिकाको वडा-१ टकलाकमा जित हात पारेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.