|

रुकुम : नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई हराउँदै नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमले पालिकामा खाता खोलेको छ। सानीभेरी गाउँपालिकाबाट पालिका जितेर खाता खोलेको हो।

अध्यक्षमा विर्खबहादुर विष्टले ६ हजार १९ मत ल्याएर अध्यक्षमा निर्वाचित भए भने कांग्रेसबाट अध्यक्षका उम्मेदवार गोरख चन्दले ४ हजार ३२० मत ल्याएर पराजित भए। उपाध्यक्षमा माओवादी केन्द्रकै  कमला रोकाले ५ हजार ९५८ मत ल्याएर विजय भएकी छिन्।

उपाध्यक्षमा नेकपा एमालेबाट प्रकाश खड्काले ३ हजार ४२० भोट ल्याएर पराजित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.