|

फिक्कल : इलामको सूर्योदय नगरपालिका–३ को वडाध्यक्षमा नेपाली कांग्रेसका लोकबहादुर प्रधान विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका लाकेल लामालाई ४० मतान्तरलाई हराउँदै प्रधान विजयी भएका हुन्। 

प्रधानले ६८४ मत पाउँदा लामाले ५४४ मत पाए। निवर्तमान वडाध्यक्ष नेकपा एमालेका होम कार्की तेस्रो स्थानमा रहे। उनले ५२३ मत पाए। महिला सदस्यमा ६६५ मतका साथ लामु शेर्पा निर्वाचित भइन्। दलित महिलामा ६४२ मतका साथ नेकपा समाजवादीकै तृष्णा लोहार निर्वाचित भइन्।

खुला सदस्यमा पदमा नेकपा एकीकृत समाजवादीका अरुण शर्मा र रुद्रबहादुर गुरुङ विजयी भएका छन्। वडा ३ को मतगणना सम्पन्न हुँदा नगरप्रमुखमा रणबहादुर राईले  २ हजार ६३२ मत पाए।

उनको प्रतिद्वन्द्वी नेकपा एमालेका काजीमान कागतेले २ हजार ३३५ मत पाए। उपप्रमुखमा नेपाली कांग्रेसका दुर्गा बरालले २ हजार ६७६ मत पाउँदा एमालेकी दुर्गादेवी भट्टराईले २ हजार ६७ मत पाइन्। हालसम्म नगरमा ३ वटा वडाको परिणाम आउँदा २ वटामा कांग्रेस र एउटामा एमाले विजयी भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.