|

झापा : झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर २ मा नेपाली काँग्रेसका नरेन्द्रकुमार श्रेष्ठले वडाध्यक्षमा जितेका छन्।

वडाको सबै सदस्यमा एमालेका उम्मेदवार विजयी भएका छन्। नेकपा एमालेका तुलसीप्रसाद खतिवडालाई २८२ मतान्तरले पराजित गर्दै काँग्रेसका श्रेष्ठ वडाध्यक्षमा विजयी भएका हुन्। श्रेष्ठले १५०८ मत ल्याउँदा खतिवडाले १२२६ मत ल्याए।

त्यस्तै वडाको खुला सदस्यमा एमालेका बलबहादुर समाल मगर ११०४, प्रेमबहादुर उपरकोटी १०४८, महिला सदस्यमा शर्मिला सुब्बा ११४९ र दलित महिला सदस्यमा विमला रोक्का १२७६ मत ल्याएर विजयी भए. 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.