|

डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। गाउँपालिका अध्यक्षमा लक्ष्मी अवस्थी र उपाध्यक्षमा निर्मला बोगटी निर्वाचित भएका हुन्।

गत निर्वाचनमा नेकपा एमाले अध्यक्षमा निर्वाचित भएका कविन्द्र बिष्टलाई पराजित गर्दै अवस्थी विजयी भएकाका हुन्। यस पटकको निर्वाचनमा बिष्ट नेकपा एकीकृत समाजवादी पार्टीबाट अध्यक्षको उम्मेदवार बनेका थिए। अध्यक्षमा निर्वाचित अवस्थीले २८ सय ७१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी बिष्टले २६०६ मत ल्याए।  उनीहरूबीचको मतान्तर २६५  थियो।

अवस्थी २०७४ सालको निर्वाचनमा बिष्टसँग पराजित भएका थिए। यसपटक भने उनले बदला लिएका हुन्। उपाध्यक्षमा समाजवादी पार्टीकै उम्मेदवार चन्द्रदेवी रुपाली बोगटीसँग पराजित भइन। बोगटीले ३२०८ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्वन्द्वी रुपालीले २३२६ मत मात्रै ल्याइन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.