कांग्रेसको पकड रहेको नीलकण्ठ-३ मा स्वतन्त्र उम्मेदवारले बाजी मारे

|

धादिङ : धादिङमा हालसम्म ३८ वडाका टुङ्गो लाग्दा नेपाली कांग्रेसले १२, माओवादी केन्द्रले ११, नेकपा एमालेले ५ वटा वडामा अध्यक्ष जितेका छन्। एकीकृत समाजवादी र राप्रपाले ४/४, जसपाले एउटा र स्वतन्त्रले एउटा वडामा खाता खोल्न सफल भएको छ।

धादिङको सदरमुकामसमेत रहेका नीलकण्ठ-३ धादिङवेसीमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेसबाट बागी उम्मेदवार राजकुमार श्रेष्ठ नीलकण्ठ नगरपालिका-३ को अध्यक्षमा विजयी भएका हुन्। नेपाली कांग्रेसको पकड क्षेत्र मानिने नीलकण्ठ-३ मा कांग्रेसले टिकट नदिएपछि श्रेष्ठ गुलाब चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए।

स्वतन्त्र उम्मेदवार श्रेष्ठले १ हजार ३३९ मत ल्याउन सफल भए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोपीकृष्ण भण्डारीले ६३९ मत पाए। नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार किरण पाठकले २४१ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका नारायणकुमार श्रेष्ठले ३९५ मत ल्याउन सफल भए। 

धादिङमा हालसम्म विजयी भएका ३८ वडा अध्यक्षहरू
कांग्रेस
नेत्रावती डबजोङ १ : ठाकुर गुरुङ
रुविभ्याली १ : पम्बर तामाङ
बेनिघाट रोराङ १ : जीवन सिं तामाङ
ज्वालामुखी २ : राजु लोप्पा विजयी
धुनीबेंसी नगरपालिका ३ : प्रकाश हमाल विजयी
नेत्रावती डब्जोङ २ : मिनबहादुर तामाङ विजयी
गजुरी २ : द्रोण कडेल विजयी
गजुरी ३ : ऋषिलाल श्रेष्ठ विजयी
गल्छी ४ : राजु अधिकारी विजयी
त्रिपुरासुन्दरी १ : भिमप्रसाद भट्ट विजयी
गजुरी ४ : सुरेन्द्र चेपाङ विजयी
सिद्धलेक २ : सागर गुरुङ विजयी

माओवादी केन्द्र

नीलकण्ठ नगरपालिका १ : गणेशबहादुर गुरुङ विजयी
नीलकण्ठ नगरपालिका २ : ध्वजबहादुर गुरुङ विजयी
धुनीबेंसी नगरपालिका १ : मानबहादुर तामाङ विजयी
गंगाजमुना १ : बहादुर सिङ लामा विजयी
बेनिघाट रोराङ २ : हेमराज भुजेल विजयी
गल्छी ३ : राजन भुजेल विजयी
गजुरी १ : तारा भण्डारी विजयी
सिद्धलेक १ : पेमा लामा विजयी
बेनीघाट रोराङ ४ : राजु बहादुर मगर विजयी
गल्छी ५ : सरोज तामाङ बिजयी
बेनिघाट रोराङ ५ : शिव सिल्वाल विजयी

एमाले
ज्वालामुखी १ : कृष्ण गिरी विजयी
गल्छी १ : यदुकुमार खतिवडा विजयी
गल्छी २ : षडानन्द खनाल विजयी
थाक्रे १ : श्याम सुन्दर थापा विजयी
बेनीघाट रोराङ ३ : भुवन त्रिपाठी विजयी

एकीकृत समाजवादी

रुविभ्याली २ : रुप घले विजयी
धुनीबेसी नगरपालिका २ : लक्ष्यजित तामाङ विजयी
धुनीबेसी नगरपालिका ४ : हरि सुवेदी विजयी
गंगाजमुना ७ : रविन अधिकारी विजयी

राप्रपा
खनियाबास १ : सोनाम बहादुर तामाङ विजयी
खनियाबास २ : अरुण कुमार पाख्रिन विजयी
खनियाबास ३ : कमनसिं तामाङ विजयी
रुबीभ्याली ४ : प्रशान्त तामाङ

जसपा
रुबीभ्याली ३ : फेदोर्जे तामाङ विजयी

स्वतन्त्र
नीलकण्ठ नगरपालिका ३ : राजकुमार श्रेष्ठ
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.