|

काठमाडौं : बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट १३ हजार भन्दा बढी उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।

सोमबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिउँसो ३:३० बजेसम्ममा १३ हजार ५ सय ८२ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको बताए।

जसमध्ये प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३ र उपाध्यक्ष ११७ जना निर्वाचित भएकाे उनले जानकारी दिए। त्यसैगरी वडा अध्यक्ष २ हजार ६७९, वडा सदस्य ५ हजार ३१८, महिला वडा सदस्य २ हजार ६७८ र दलित महिला सदस्य २ हजार ६४७ निर्विरोध निर्वाचित भएकाे उनले उल्लेख गरे।

विभिन्न कारणले मतदान स्थगित भएका धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका वडा नं. ६ को ठाकुरदेवी मावि, सप्तरीको रुपनि गाउँपालिका वडा नं. ५ को गाविस भवन, रामेछापको खाँडादेवी गाउँपालिका वडा नं. १ को वडा कार्यालय भवन र सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ३ को भगवती माविमा आज मतदान भएको प्रवक्ता पौडेलले बताए।

​त्यसैगरी बझाङको केदारस्यु गाउँपालिका वडा नंं. ४ को जगन्नाथ उच्च मावि, बझाङको सुर्मा गाउँपालिका वडा नं. २ को आधार बगर मावि र बझाङको सुर्मा गाउँपालिका वडा नं. ३ कृष्ण प्रावि मतदान केन्द्रमा पनि शान्तिपूर्ण ढंगले मतदान भइरहेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.