|

गुल्मी : मालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रका देवीराम अर्याल निर्वाचित भएका छन्।

६ हजार १७६ मत ल्याएर अर्याल अध्यक्षमा विजयी भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रितबहादुर थापाले चार हजार ६१७ मत प्राप्त गरे।

उपाध्यक्षमा नेपाली कांग्रेसका उपेन्द्र अर्याल ६ हजार ३३४ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेकी रनमाया पुनले चार हजार ६९२ मत प्राप्त गरिन्।
गाउँपालिकाका ८ वडामध्ये एमालेले सदस्य समेत हात पार्न सकेन।

नेकपा माओवादी केन्द्रले वडा नम्बर ३ को अध्यक्ष जित्यो। अन्य सबै वडामा कांग्रेस विजयी भयो। 

१७ हजार ७२३ मतदाता रहेको मालिकामा ११ हजार ५८० मत खसेको थियो। अघिल्लो निर्वाचनबाट यहाँ नेकपा एमालेका अध्यक्ष÷उपाध्यक्ष निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.