उपाध्यक्षमा कांग्रेस

|

काठमाडौं :ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का  गम्बु शेर्पा निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वीलाई १३० मतान्तरले हराएका हुन्।

शेर्पाले २ हजार ८८२ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी कांग्रेसका भुपेन्द्रबहादुर बस्नेतले दुई हजार ७५२ मत ल्याए। एमालेका रामबहादुर खत्रीले एक हजार ७१५ मत ल्याए ।

उपाध्यक्षमा कांग्रेसकी सुशीला तामाङ विजयी भएकी छिन्। उनी दुई हजार ८२४ मत ल्याएर विजयी भइन्।  उनकी  प्रतिद्वन्द्वी जसपाकी पासाङ ल्हामु शेर्पाले दुई हजार २४१ मत प्राप्त गरिन्। एमालेकीकमला सुनुवारले एक हजार ७१५ मत प्राप्त गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.