|

संखुवासभा :  संखुवासभाको पाँचखपन नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका विपिन राई विजयी भएका छन्। 

प्रमुख राईले ४ हजार ७८८  मत ल्याउँदै विजयी  भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हिन्दुुकुमार राईले ३ हजार ४३७ मत ल्याएका छन्। नेकपा एमालेका राईलाई १ हजार ३५१ मत हराउँदै कांग्रेसका राई प्रमुखमा विजयी भएको हुन्। राई यस अघिका नगरप्रमुख हुन्।

त्यस्तै उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी सुमुना श्रेष्ठ विजयी भएकी छन्। श्रेष्ठ ३४७ मत हराउँदै एमालेकी अनिता न्यौपानेलाई हराउँदै उपप्रमुख विजयी भएकी छन्। उनले ३ हजार ८३४ मत ल्याइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी अनिता न्यौपानेले ३ हजार ४८७ मत पाइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.