|

बागलुङ : बागलुङको निसीखोला गाउँपालिकामा नेपाली कांग्रेसका सूर्यबहादुर घर्ती मगर विजयी भएका छन्। उनले नेकपा एमालेका भूमिराज घर्ती मगरलाई २८७२ मतान्तरलेपछि पार्दै विजयी भएका हुन्।

कांग्रेसका घर्तीले ५ हजार ५११ मत प्राप्त गर्दा एमालेका घर्तीले २६३९ मत प्राप्त गरेका छन्। गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेम घर्ती मगर विजयी भएका छन्। घर्तीले उनका निकटतम प्रतिस्पर्धी एमालेकी भोटु चन्दलाई २०९२ मतान्तरले जितेका छन्।

घर्तीले ५ हजार मत प्राप्त गरी विजयी हुँदा नेकपा एमालेकी चन्दले २ हजार ९०८ मत प्राप्त गरेकी छन्। गाउँपालिकाको वडा-१ मा नेपाली कांग्रेसका चन्द्रसिंह रामजाली, २ मा नेकपा माओवादी केन्द्रका कुविर विक, ३ मा राष्ट्रिय जनमोर्चाका रमेश विक्रम शाही, ४ मा नेपाली कांग्रेसका टिकानिधि पौडेल विजयी भएका छन्।

वडा-५ मा नेपाली कांग्रेसका हर्कमान घर्ती, ६ मा नेपाली कांग्रेसका हेमबहादुर बुढा मगर र वडा ७ मा नेपाली कांग्रेसका दीपक कुँवर विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.