|

ताप्लेजुङ : फुङलिङ नगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। 

गठबन्धनबाट उम्मेदवार कांग्रेसका अमिर मादेन ६ हजार १७९ मतका साथ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान नगर प्रमुख एमालेका छत्रपति प्याकुरेल २२ सय ८७ मतान्तरले पराजित भए। उपप्रमुखमा एमालेकी भीमादेवि ओझा ४२ सय ७७ मत ल्याएर निर्वाचित भइन्। 

ओझाले निवर्तमान उपप्रमुख माओवादीका बम बहादुर भट्टराई ४ सय ३३ मतान्तरले पछि पारिन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.