|

काठमाडौं : ललितपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन्। 

निर्वाचन आयोगले गरेको अद्यावधिक मतपरिणाम अनुसार महर्जनले पाँच हजार ९४३ मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले दुई हजार ३९२ मत प्राप्त गरेका छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अष्ट बहादुर महर्जनले  ४९८ मत प्राप्त गरेका छन् भने विवेकशील साझा पार्टीका उज्वलकृष्ण श्रेष्ठले १०५ मत प्राप्त गरेका छन्।

महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले २ हजार ८९१ मत प्राप्त गरेकी छिन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका बाबुराज बज्राचार्य एक हजार ९२१  मत प्राप्त गरेको छ।  राप्रपाका स्वर्णिम शाक्यले ८९८ मत प्राप्त गरेकी छिन्।

अहिले ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा कडा सुरक्षाबीच मतगणना जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महानगरपालिकामा २९ वडा छन्। एक लाख २२ हजार ८०० मतदाता रहेकोमा ७२ प्रतिशत मत खसेको कार्यालयको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.