|

दैलेख : दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गणेशबहादुर शाही विजयी भएका छन्। शाहीले नेकपा एमालेका सूर्यबहादुर शाहीलाई पराजित गर्दै नगर प्रमुखमा विजयी भएका हुन्। 

नगर प्रमुखमा विजयी शाहीले ४ हजार ७० मत प्राप्त गर्दै विजयी भएका जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ। एमालेका सूर्यबहादुर शाहीले ३ हजार ९ सय ९२ मत प्राप्त गर्दै नगर प्रमुखमा पराजित भएका छन्। 

यस्तै, चामुण्डा बिन्द्रासैनी नगरपालिकाको उपप्रमुखमा नेपालि कांग्रेसका मनसरा कुमारी शर्मा विजयी भएकी छन्। शर्मा ४ हजार ३८ मत प्राप्त गर्दै उपप्रमुखमा विजयी भएकी छन् भने एमालेका नन्दाकुमारी विष्टले ३ हजार ९ सय ९६ मत प्राप्त गरी पराजित भएकी हुन्। २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा चामुण्डा बिन्द्रासैनि नगरपालिकामा प्रमुख÷उपप्रमुखमा एमालेले जित हात पारेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.