|

सर्लाही : सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत वडा-१७ मा आज (मंगलबार) पुनः मतदान हुँदैछ।

निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय अनुसार आज बिहान ७ बजेबाट मतदान हुँदैछ। बरहथवाका निर्वाचन अधिकृत दशरथ पंगेनीले पुनस् मतदानको सम्पूर्ण तयारी भएको जानकारी दिए। 

जनता समाजवादी पार्टी पक्षले आफू पक्षीय मतदातालाई गत वैशाख ३० गते शुक्रबार बिहानै मतदान गराएपछि मध्यान्हबाट भने अन्य पार्टी पक्षीय मतदातालाई मत हाल्नै नदिएको आरोप सहित नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र स्वतन्त्र उम्मेदवारले पुनस् मतदानको माग गर्दै उजुरी दिएपछि आयोगले पुन: मतदान गर्ने निर्णय गरेको थियो।

वडा-१७ को आधारभूत विद्यालय परोरिया मतदान स्थल अन्तर्गत २ वटा मतदान केन्द्रमा जम्मा एकहजार ९५४ मतदाता भएपनि त्यहाँ शुक्रबार साँझसम्म ३७२ मत मात्र खसेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.