|

बझाङ : बुंगल नगरपालिकामा ८ वटा वडासहित गठबन्धन विजयी भएको छ। मेयरमा नेपालीका कांग्रेसका उम्मेदवार जयबहादुर धामी विजयी भएका छन् भने उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनबहादुर बोहरा विजयी भएका छन्।

मेयरमा कांग्रेसका उम्मेदवार जयबहादुर धामीले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका धनदेवी कुँवरलाई मतले पछि पारे भने उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनबहादुर बोहरा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अम्मराज जोशीलाई मतले विजयी भएका छन्।

मेयर पदका लागि जयबहादुर धामीले ७६१५ मत प्राप्त गरे भने धनदेवी कुँवरले ३२७१ मत प्राप्त गरिन्। उपमेयर पदका लागि धनबहादुर बोहराले ६६४६ मत प्राप्त गर्दा अम्मराज जोशीले २९३२ मत प्राप्त गरे। ११ वडा रहेको बुंगल नगरपालिकाका ८ वटा  वडामा गठबन्धन विजयी भएको छ भने ३ वडामा स्वतन्त्रले जितेका छन्।

वडा-१ मा नेकपा माओवादी केन्द्रका कस्सो बोहरा ८४८ मत प्राप्त गरी विजयी भए भने नेकपा एमालेका अक्कल बोहराले ४८६ मत मात्रै प्राप्त गरे। वडा-२ मा नेकपा माओवादी केन्द्रका वीरे धामीले ७८१ मतका साथ विजयी भए भने नेकपा एमालेका अर्जुन धामी ३७४ मत ल्याई पराजित भए।

वडा-३ मा नेपाली कांग्रेसका धर्मराज जोशीले ५०७ मत प्राप्त गरेर विजयी भए भने स्वतन्त्र तर्फका करे धामीले ४५२ मत र नेकपा एमालेका बहादुर बोहरा २८३ मत पाई पराजित भए। वडा नम्बर ४ मा नेपाली कांग्रेसका गणेश कार्कीले ५९४ मत पाई विजयी भए भने स्वतन्त्र उम्मेदवार राम कार्की २७९ मत र नेकपा एमालेका आनन्द कार्की ५८ मत पाई पराजित भए। 

वडा-५ मा स्वतन्त्र उम्मेदवार निराजन कुँवर दीपक प्यानलसहित ६०३ साथ विजयी भए भने नेकपा एमालेका प्रयाग धामी २७० र नेकपा एकीकृत समाजवादीका नन्दु धामी ३३ मत प्राप्त गरी पराजित भए। वडा- ६ मा स्वतन्त्र उम्मेदवार राम देवारले ६२९ मत प्राप्त गरी विजयी भए भने नेकपा एमालेका हिक्मत विकले ४२१ र नेपाली कांग्रेसका ज्ञानेन्द्र सिंहले ३६२ मत ल्याई पराजित भए। 

वडा-७ मा एकीकृत समाजवादीका टंकप्रसाद जोशीले ४८९ विजयी भए भने नेकपा एमालेका केशवराज जोशी ३४२ मत पाई पराजित भए। वडा-८ मा स्वतन्त्र उम्मेदवार लोकेन्द्र जाग्री ५०७ मत पाई विजयी भए।

नेकपा एमाले वीरबहादुर बोहरा ४२३ मत र नेपाली कांग्रेस गोपालसिंह बोहरा १९० मत ल्याई पराजित भए। वडा-९ मा नेपाली कांग्रेसका हरीश सिंहले ६८४ मत ल्याई विजयी भए भने स्वतन्त्र उम्मेदवार मानबहादुर विष्ट १८२ र नेकपा एमालेका मदनराज जोशी ८७ मत ल्याई पराजित भए।

वडा-१० मा नेपाली कांग्रेसका प्रेम ओखेडा ३११ मत प्राप्त गरी विजयी भए भने नेकपा एमालेका गणेश पुजारा २६१ मत प्राप्त गरी पराजित भए र वडा-११ मा नेकपा एकीकृत समाजवादीका लोकराज जोशीले ५३४ मत प्राप्त गरी विजयी भए भने नेकपा एमालेका मोहन कुमार बोहरा २८८ मत ल्याई पराजित भए।

तलकोट गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित ६ वटा वडा एमालेले जित्यो

बझाङको तलकोट गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ६ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। अध्यक्षमा एमालेका कलकबहादुर रोकाया र उपाध्यक्षमा पार्वती कुँवर भण्डारी निर्वाचित भएका छन्।

अध्यक्ष रोकायाले २ हजार ७५९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका नारायणकुमार धामीले २ हजार २२९ मत ल्याए। राप्रपाका ललित प्रसाद जोशीले ३५ मत पाए।

यसैगरी गाउँपालिकाको उपाध्यक्षमा एमालेकी पार्वती कुँवर भण्डारी २ हजार ६२१ मतसहित निर्वाचित भइन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जयकुमारी ऐडीले २ हजार ३९२ मत ल्याइन्। स्वतन्त्र उम्मेदवार पार्वती ऐडीले ६८ मत पाइन्। ७ वटा वडा रहेको तल्कोटमा नेकपा एमालेले ६ वटा वडा जितेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.