|

जुम्ला : स्थानीय तहको निर्वाचनमा जुम्लाका २३ वडामा नेपाली काँग्रेस निर्वाचित भएको छ। यहाँका ८ वटा स्थानीय तहका ६० वडामध्ये पछिल्लो मत परिणामअनुसार २३ वडाका वडाध्यक्षमा काँग्रेस निर्वाचित भएको हो।

चन्दननाथ नगरपालिका–१ वडामा काँग्रेसका तिलकप्रसाद न्यौपाने वडाध्यक्षमा निर्वाचित भएका छन्। उनी ३०४ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन्। उनका प्रत्यासी माओवादीका राजबहादुर भक्रीले २४५ मत पाएका थिए। सोही नगरपालिका–२ वडामा काँग्रेसका हेमबहादुर बुढथापा २०३ मत पाई वडाध्यक्षमा निर्वाचित भए। उनका प्रत्यासी माओवादीका गगनबहादुर भण्डारीले १६६ मत पाएका थिए।

चन्दननाथ नगरपालिका–४ वडामा काँग्रेसका नवराज देवकोटा २७५ मत ल्याई वडाध्यक्ष निर्वाचित भएका हुन्। उनका प्रत्यासी राप्रपाका श्रीकृष्ण बुढाले २१८ मत पाए। सोही नगरपालिका–६ वडामा काँग्रेसका रविबहादुर थापा ३६० मत पाई निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी समाजवादीका कृष्ण थापाले २३९ मत पाए।

यस्तै गुठीचौर गाउँपालिका– १ वडामा काँग्रेसका अर्जुनकुमार महतारा वडाध्यक्षमा निर्वाचित भएका छन्। पातारासी गाउँपालिका –२ वडामा काँग्रेसका बलबहादुर बोहरा ४३४ मत पाई निर्वाचित भएका छन् । उनका प्रत्यासी माओवादीका कन्न बोहराले ४३२ मत पाए।

सोही गाउँपालिका –५ वडामा काँग्रेसका दत्तबहादुर बुढा ३७० मत पाई वडाध्यक्ष निर्वाचित भएका छन्। उनका प्रत्यासी माओवादीका टेकबहादुर बुढाले ३२४ मत पाए। ६ नम्बर वडामा काँग्रेसका कर्मबहादुर विष्ट ३२२ मत पाई वडाध्यक्षमा निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी एमालेका सिंगबहादुर विष्टले १८६ मत पाए। 

कनकासुन्दरी गाउँपालिकामा काँग्रेस –१ वडामा काँग्रेसका भैरबहादुर बुढा ६३० मत पाई वडाध्यक्ष निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी माओवादीका भक्तबहादुर बुढाले ४९६ मत पाए। सिंजा गाउँपालिका –१ वडामा २७२ मत पाई काँग्रेसका हरिनन्द आचार्य वडाध्यक्ष निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी माओवादीका धनडोमा तामाङ रोकायाले २४० मत पाइन्। सोही गाउँपालिका – ५ वडामा ३५१ मत पाई काँग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित भएका छन्। उनका प्रत्यासी माओवादीका मोती दमाईले ३०६ मत पाए। 

यस्तै हिमा गाउँपालिका –१ वडामा ३२८ मत पाई काँग्रेसका रतनबहादुर शाही वडाध्यक्षमा निर्वाचित भएका छन्। उनका प्रत्यासी माओवादीका राजेन्द्रप्रसाद आचार्यले २२८ मत पाए। सोही गाउँपालिका – ५ वडामा २५१ मत ल्याई काँग्रेसका कालो शाही वडाध्यक्ष निर्वाचित भएका छन्।

उनका प्रत्यासी स्वतन्त्र उम्मेदवार दलजित शाहीले १७६ मत पाए। हिमा गाउँपालिका –६ वडामा काँग्रेसका उपराज अधिकारी २७९ मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी माओवादीका वीर तिरुवाले २२७ मत पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.