|

काठमाडौं : मकवानपुरको थाहा नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका विष्णुबहादुर विष्ट विजयी भएका छन्।  

गएराति सकिएको मतगणनामा विष्टले ९ हजार ७ सय  १९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अच्युतमप्रसाद ढकालले ७ हजार ७ सय ७१ मत प्राप्त गरेको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ।  थाहा नगरमा सत्ता गठबन्धनले तालमेल गरेको थियो।  

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार भरत गोपाली विजयी भएका छन्। गोपालीले ८ हजार ६ सय ७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कल्पना बलामीले ८ हजार ५ सय २२ मत पाइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.