|

सुर्खेत : केन्द्रीय सदस्य तथा मन्त्री पाएको स्थानीय तहमा नै दलहरुले चुनाव हारेका छन्। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका पूर्वमन्त्री नरेश भण्डारीको पालिका जुम्लाको गुठी चौरमा नेपाली कांग्रेस र समाजवादीले जित हात पारेको छ।

त्यहाँ अघिल्लो चुनावमा भण्डारीका बाबा हरिबहादुर भण्डारीले माओवादी केन्द्रको तर्फबाट जितेका थिए।

अहिले पनि नरेशकै पहलमा हरि भण्डारीलाई उम्मेदवार बनाएर चुनावमा भिडाएको थियो। त्यस्तै अर्थमन्त्री जनार्दन शर्माको वडा रुकुम पश्चिम मुसीकोट नगरपालिका ५ मा नेपाली कांग्रेसको वडाध्यक्षका उम्मेदवार समिरजंग मल्लले नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष सुशिल गौतमलाई हराएर अध्यक्ष बने।

माओवादी नेता शक्तिबहादुर बस्नेत आफ्नो वडामा तेब्बर भोटले वडाध्यक्ष जिताए पनि भेरी नगरपालिकाको नगर प्रमुखमा आफ्ना उम्मेदवारलाई जिताउन सकेनन्। यो पालिका नेकपा ( माओवादी केन्द्र) का कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लको पनि हो।

माओवादी नेता अर्थात राम दिप आचार्य  र मायाप्रसाद शर्माको वडामा कांग्रेसका वडाध्यक्षका उम्मेदवार लक्ष्मीप्रसाद आचार्यले जिते। नेकपा माओवादी केन्द्रका सबै भन्दा बढी केन्द्रीय सदस्य भएको नगरपालिका भेरी हो।

जाजरकोटकै नलगाड नगरपालिका ५ मा कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहको वडामा नेपाली कांग्रेसको तर्फबाट ओमराज ओलीले जित हात पारेका छन्। यो जनयुद्ध कालमा कम्युन चलाएको वडा पनि हो। यो भन्दा अगाडि तेब्बर भाेटले माओवादीले वडाध्यक्ष जितेको थियो।

जुम्लाका सांसद तथा केन्द्रीय सदस्य जगेन्द्र महतको पालिका चन्दननाथ नगरपालिका स्वतन्त्रता राजु सिंह कठायतले जिते।

महतको वडा नम्वर ७ मा समेत समाजवादीका गणेश महतले जिते। नेकपा (माओवादी केन्द्र)बाट राज्यमन्त्री भइसेकेकाे तथा केन्द्रीय सदस्य गोमा कुवँरको तातोपानी गाउँपालिकामा नेकपा माओवादी केन्द्र अध्यक्षमा पराजित भएको छ भने उपाध्यक्ष मात्र माओवादीले जितेको छ।

कुँवरको वडा रहेको ७ मा समेत नेकपा एमालेका तिलबहादुर रावतले जिते।

नेपाली कांग्रेसका कर्णाली प्रदेशका सभापति ललितजंग शाहीको चन्दननाथ नगरपालिकामा स्वतन्त्रले जितेको छ भने उनको घर रहेको वडा नं ५ मा माओवादी केन्द्रका वडाध्यक्ष बिर्खबहादुर कार्कीले जिते।

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामलाल विकको वडा अर्थात डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ३ मा एमालेका वडाध्यक्षका उम्मेदवार भक्तबहादुर केसीले जिते।

हुम्लाका नेकपा एमालेका नेता तथा पूर्वमन्त्री दलबहादुर रावलको वडा सर्केगाड ४ मा माओवादी केन्द्रका धनबहादुर सत्यालले जिते।

पालिका समेत माओवादीले जितेको छ। नेकपा एमालेका स्थायी कमिटीका सदस्य गोरखबहादुर बोगटीको हुम्लाको अदानचुला गाउँपालिकामा कांग्रेस र माओवादीले जितेका छन्। सुर्खेतको बराहताल गाउँपालिका अर्थात अर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टको पालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ।

विष्ट माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्। नेकपा एमालेका नेता विष्णु रिजालले आफ्नो पालिकामा हार्नु परेको छ। भैरवी गाउँपालिकामा कांग्रेसका रीता कुमारी शाहीले जितेकी छिन्। कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको पालिका ठाँटीकाँध गाउँपालिकामा कांग्रेसका रक्ष बहादुर शाहले जिते।

शाही नेकपा एमालेका बाट प्रतिनिधित्व गर्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.