विराटनगर : महानगरको पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका नागेश कोइराला २३ हजार २६९ मतसहित अगाडि छन्।
नेकपा एमालेका सागर थापाले १७ हजार ३३९ मत ल्याएका छन्। स्वतन्त्रका उमेश यादवले सात हजार ७२ मत पाएका छन्। राप्रपाका प्रह्लाद शाहले चार हजार ४३१ मत ल्याएका छन्।
उपप्रमुखतर्फ नेकपा एमाले शिल्पा निराला कार्कीले २० हजार १४५ मत पाएकी छिन्। गठबन्धनका तर्फबाट जसपाका अमरेन्द्र यादवले ११ हजार ४४३ मत पाएका छन्। यस्तै राप्रपाकी विन्दा लुइँटेल आचार्य पाँच हजार ३८२ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले चार हजार १८५ मत ल्याएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।