|

काठमाडौं : स्थानीय निर्वाचन अन्तरगत मतगणना जारी छ। ८ दिनदेखि जारी मत गणनामा अहिलेसम्म ६ सय ३२ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ। 

पछिल्लो परिणाम अनुसार कांग्रेसले नेपालगञ्ज उपमहानगर सहित २ सय ८२ स्थानीय तहको प्रमुख र अध्यक्ष जितेको भने ४१ ठाउँमा अग्रता लिएको छ। कांग्रेसले ललितपुर र विराटनगर महानगरमा अग्रता लिएको छ।  

दोस्रो स्थानमा रहेको एमालेले दाङको घोराही उपमहानगरसहित १ सय ७४ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ। उसले २४ ठाउँमा अग्रता लिएको छ। यस्तै माओवादी केन्द्रले जितपुरसिमरा उपमहानगर सहित १ सय ११ ठाउँमा जित हासिल गरेको छ भने ९ स्थानीय तहमा अग्रता लिएको छ।

जनता समाजवादी पार्टीले २० ठाउँमा जित निकालेको छ भने १२ ठाँउमा अगाडी रहेको छ। पाँचौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले १४ ठाउँमा जितेको छ। समाजवादी पोखरा महानगर र हेटौंडा उपमहानगरमा अगाडि रहँदै अन्य ३ ठाउँमा अग्रस्थानमा छ। यसै गरी ९ ठाउँमा बागी र स्वतन्त्र उम्मेदवारले जितेका छन्। स्वतन्त्र उम्मेदवार बालेन्द्र साह काठमाडौं महानगरमा एमाले र कांग्रेसका उम्मेदवार भन्दा दोब्बरले अग्रता लिइरहेका छन्। 
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ७ ठाउँमा जित निकाल्दा ८ ठाउँमा अग्रता लिएको छ। 

जनमोर्चाले चार ठाउँमा जितेको छ। यस्तै राप्रपाले ३ ठाउँमा जित निकाल्दा १ ठाउँमा अग्रता लिएको छ।  रेशम चौधरीको पार्टी नागरिक जनमुक्तिले ४ ठाउँमा जित निकालेको छ।  त्यसै गरी सिके राउतको पार्टी जनमत पार्टीले २ ठाउँमा जित निकालेको छ। 

यस्तै हृदयश त्रिपाठीको पार्टी तराइ–मधेश लोकतान्त्रिक पार्टीले १ ठाउँमा जित निकालेको छ। नेपाल मजदुर किसान पार्टीले १ ठाउँमा जितेको छ। नारायणमान बिजुक्छेले नेतृत्व गरेको यो पार्टीले भक्तपुरमा भारी मतान्तरले विजयी भएको हो। भक्तपुर नगरपालिकाको मेयरमा सुनिल प्रजापतिले जित्दा अरु सबै उम्मेदवारको जमानत जफत भएको छ। यस्तै विवेकशील साझा पार्टीले एक ठाउँमा जितेको छ। 

अहिलेसम्म ६ महानगर र ८ उपमहानगरको नतिजा भने अझै आइसकेको छैन्। 

वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा ६५ दलका उम्मेदवार र स्वतन्त्र सहित १ लाख ४५ हजार उम्मेदवार मैदानमा थिए। ती मध्येबाट ७ सय ७३ स्थानीय तहमा ३५ हजार २ सय २१ जनप्रतिनिधि चुनिने छन्।  अहिलेसम्म ३२ हजार जनप्रतिनिधिको अन्तिम परिणाम निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ। 

जस अनुसार ६ हजार ७ सय ४३ वडाध्यक्ष मध्ये ७ हजार ९ जना चुनिएका छन्। जसमा कांग्रेसले २३ सय ७० वडाको नेतृत्व गर्ने भएको छ भने एमालेले १८ सय ९६ वडा जितको छ। माओवादी केन्द्रले ९ सय ८७ वडा जित्दा जनता समाजवादीले २ सय ३६ वडा जितिसकेको छ। स्वतन्त्र सहित अन्य पार्टीले ५ सय २० वडामा जित निकालेका छन्। 

यसै गरी ६ हजार ७ सय ४३ जना महिला सदस्य मध्य ६ हजार ३ महिला सदस्य चुनिसकेका छन्। महिला सदस्यमा पनि कांग्रेस नै अगाडि छ। कांग्रेसले २३३२ महिला सदस्य जित्दा एमालेले २ हजार ६७ महिला सदस्य जितको छ। यस्तै माओवादी केन्द्रले ९१० वडामा महिला सदस्य जितको छ। 

दलित महिला सदस्यमा कांग्रेसकै अग्रता  छ। दलित महिला सदस्यमा ५ हजार ८ सय ९३ विजयी भइसकेका छन भने सदस्यमा ११ हजार ९ सय ९३ सदस्य चुनिएका छन्। 

हरेक स्थानीय तहमा एक प्रमुख/ अध्यक्ष र उपप्रमुख/ उपाध्यक्ष तथा वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुई सदस्य चुनिने व्यवस्था छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.