|

हेटौँडा : हेटौंडा उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना लामाले फराकिलो अग्रता कायम गरेकी छन्। 

६८ हजार ५३ मतगणना हुँदा  लामाले २० हजार ८०२ मत प्राप्त गरेकी छन्। एमालेका अनन्त पौडेलले १९ हजार २२६ मत ल्याएका छन्। यस्तै, राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले १८ हजार ६३५ मत पाएका छन्।

उपप्रमुखतर्फ गठबन्धनबाट कांग्रेसका उम्मेदवार राजेश बानियाँले २९ हजार ३२० मत ल्याएका छन्। एमालेकी सुमित्रा काफ्लेले २१ हजार २३२ मत प्राप्त गरेकी छन्। यस्तै राप्रपाका उम्मेदवार इन्दिरा डल्लाकोटी न्यौपानेले चार हजार ७१८ मत ल्याएकी छिन्।

मतगणना आजै सकिने मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ। उपमहानगरपालिकामा जम्मा ७३ हजार ४१४ मत खसेको थियो। अहिलेकाे मतपरिणामले गठबन्धनको जितनजिक देखिएकाे छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.