|

धनकुटा : धनकुटामा बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित प्रमुख तथा अध्यक्षले सपथ ग्रहण गरेका छन्।

जिल्लाका सात स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फडिन्द्रप्रसाद पराजुलीले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकाका प्रमुख तथा अध्यक्षले सपथ ग्रहण गरेका हुन्। धनकुटा नगरपालिकाका नवनिर्वाचित प्रमुख चिन्तन तामाङ, पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ, महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायाले शपथग्रहण गरेका हुन्।

यस्तै, चौबिसे गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजकुमार चेम्जोङ, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई, छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बा र सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षले पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै शुक्रबारदेखि आफ्नो पालिकामा पदभार ग्रहण गरेका छन्। जिल्लाका सात वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुले पदभार ग्रहण लगत्तै उपप्रमुख लगायतका नवनिर्वाचित जनप्रतिनिधिलाई शुक्रबार नै शपथग्रहण गराउने तयारी गरेका छन्।

धनकुटामा पाख्रिबास नगरपालिका, महालक्ष्मी नगरपालिका, साँगुरीगढी गाउँपालिका र छथर जोरपाटी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। यस्तै धनकुटा नगरपालिका, चौबिसे गाउँपालिका र सहिदभूमि गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.