उपप्रमुखमा कांग्रेसकी महर्जन

|

ललितपुर : महालक्ष्मी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठ विजयी भएका छन्। उपप्रमुखमा कांग्रेसकी लक्ष्मी महर्जन विजयी भएकी छिन्।

मेयरमा निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादीका उम्मेदवार शिव कट्टेललाई तीन हजार ६५२ मतान्तरले हराउँदै श्रेष्ठ नगरप्रमुख निर्वाचित भएका हुन्। उनले नौ हजार ३५० मत ल्याउँदा कट्टेलले पाँच ६५८ मत प्राप्त गरे। 

यस्तै नेकपा समाजवादीका नकुल थापाले ३ हजार ८९१ मत ल्याए। राप्रपाका प्रविण खत्रीले दुई हजार ५९३ मत पाउँदा स्वतन्त्रमा उम्मेदवार दिनेशप्रसाद सुवेदीले ५६६ मत पाए ।

उपप्रमुखमा महर्जनले ९ हजार ५९१ मत ल्याइन्। उनकी निकटतम प्रतिस्पर्धी  एमालेकी वीणा सुवेदीले आठ हजार ६८३ मत पाइन्।

निर्वाचन अधिकृतको कार्यालय अनुसार एमालेबाट वडा नम्बर १ मा छिरिङ लामा, २ मा ध्रुव खत्री, ३ मा कुवेर केसी,  ४ मा अमृत खत्री, ८ मा विश्वराज श्रेष्ठ र  १० मा विजय लामा वडाध्यक्षमा प्यानल नै विजयी भएको छन्।

कांग्रेसबाट वडा नम्बर ५ मा कपिल केसी,  ७ मा बाबुराजा महर्जन र ९ मा जयकृष्ण बोगटी वडाध्यक्षमा विजयी भएका छन्। वडा नं. ६ मा माओवादी केन्द्रका धर्म महर्जन विजयी भएका छन् । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.