|

काठमाडौं : सप्तरी जिल्लाकाे रुपनी गाउँपालिकाले गाउँपालिका भित्रका सबै सरकारी कार्यालयमा विजय उत्सव मनाउन भन्दै आज (सोमबार)सार्वजनिक बिदा दिएको छ।

३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट नवनिर्वाचित पदाधिकारीहरूको विजय  उत्सवको लागि बिदा दिइएको गाउँपालिकाले सूचना नै जारी गरेर जानकारी दिएकाे छ।

सूचनामा नवनिर्वाचित गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवको आदेशमा सार्वजनिक बिदा दिइएको उल्लेख छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.