काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी स्थानीय सरकारका जनचाहना अनुरुप नागरिकको घरदैलोमा सेवा प्रदान गर्ने आधार भएको बताएकी छन्।
सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संसदमा भनिन्, ‘स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने निर्वाचन आयोग, सुरक्षा निकाय र सबैलाई सरकार आभार व्यक्त गर्छ। जनचाहना अनुरुप नागरिकहरुको घरदैलोमा सेवा प्रदान गर्ने आधार स्वतन्त्र प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीलाई जगलाई मजबुद बनाएको छ।’
निर्धारित समयमा स्थानीय तहको निर्वाचन गरेर नयाँ जनादेशसहित स्थानीय तह गठन भएपछि लोकतान्त्रिक मुल्य र मान्यतामा प्रतिबद्ध रही दिगो शान्ति र विकासको बाटोमा लाग्ने थप आधार तय भएको समेत बताइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।