|

काठमाडौं : स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुने क्रम जारी छ। निर्वाचन भएको १३ औं दिन पश्चात् ७ सय ४७ स्थानीय तहको निर्वाचनको नतिजा  सार्वजनिक भएको छ। यसैबीच महानगर र उपमहानगरको नतिजा पनि सार्वजनिक भएका छन्। काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको विजयी भएपनि घोषणा हुन् बाँकी छ। 

यी बाहेक देशभर रहेका ६ मध्ये ५ महानगर र ११ उपमहानगरको नतिजा सार्वजनिक भएको छ।  जसमा  नेपाली कांग्रेसले २ महानगरसहित ५ प्रमुख जितेको छ। नेकपा एमालेले तीन उपमहानगरमा प्रमुखमा विजयी भएको छ।  नेकपा माओवादी केन्द्रले एक महानगर एक उपमहानगरमा प्रमुख जित हासिल गरेको छ। 

नेकपा एकीकृत समाजवादीले एक महानगर र एक उपमहानगरमा जित हासिल गरेको छ।  जसपाले एक महानगरमा जित हासिल गरेको छ भने 

स्वतन्त्रले तीन स्थानमा जित हासिल गरेका छन् भने काठमाडौं महानगरको विजयी घोषणा हुनु बाँकी छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.