अायोगले गर्न सक्छ १ लाख जरिवाना

|

काठमाडौं : वैशाख ३१ गते स्थानीय चुनावमा भाग लिने राजनीतिक दलहरुलाई निर्वाचन आयोगले फागुन १८ गतेदेखि निर्वाचन आचारसंहिता लगायाे। वैशाख १९ गतेबाट उम्मेदवार केन्द्रित आचारसंहिता लागु गर्‍यो।

निर्वाचनको दुई दिनअघि अर्थात वैशाख २८ गते राति १२ बजेपछि उम्मेदवारले अझ कडाईका साथ आचारसंहिताको पालना गर्नुपर्नेछ। वैशाख २८ गते राती १२ बजेबाट मौन समय प्रारम्भ हुनेछ। निर्वाचन सुरु हुनुभन्दा ४८ घन्टा अघि मौन समय सुरु हुन्छ। यस्तो समयमा उम्मेदवारलाई ५ प्रकारका काम गर्न निर्वाचन आयोगले जारी गरेको आचारसंहिताकाे परिच्छेद २ काे नियम  ५ ले  निषेध गरेको छ।

मौन समयमा के के गर्नुहुँदैन उम्मेदवारले?

  • निर्वाचन आचारसंहितामा व्यवस्था भएअनुसार उम्मेदवारले भोलीबाट निर्वाचनप्रचारप्रसार गर्न पाउने छैनन्।
  • मौन समय सुरु हुनुभन्दा अघि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका प्रचार सामाग्री हटाउनुपर्नेछ।
  • एस एम. एस, फेसबुक भाइबर तथा विद्युतीय माध्यमद्वारा मत माग्न र प्रचार गर्न नहुने।
  • उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने।
  • उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने।

मौन समयमा पालना गर्नुपर्ने आचारसंहिताका बुँदा उल्लंघन भएमा निर्वाचन आयोगले सुरुमा उम्मेदवार वा राजनीतिक दललाई आचारसंहिता पालनाका लागि सचेत गराउने छ। आयोगको सचेतपत्रलाई समेत वेवास्ता गरी प्रचारप्रसार कायम राखे निर्वाचन आयोगले उम्मेदवारी रद्ध देखि १ लाख रुपैयाँ सम्म जरिवाना गर्ने सक्ने व्यवस्था स्थानीय निर्वाचन ऐन २०७३ मा उल्लेख रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए। 'उम्मेदवारलाई सुरुमा आयोगले सचेत गराउने छ', आयोगका प्रवक्ता शर्माले भने,'सचेत गराउँदा समेत अटेर गरे ऐनमा टेकेर निर्वाचन आयोगले उम्मेदवारी रद्ध देखि १ लाख रुपैयाँसम्म जरिवना गर्न सक्छ।'

उम्मेदवार तथा राजनीतिक दलले मतदानका दिन समेत आचारसंहिता पालना गर्नुपर्नेछ। उनीहरुले पालना गर्नुपर्ने ६ किसिमका आचारसंहिता यस्ता छन् :

  •  मतदातालाई शान्तिपूर्वक मताधिकारको प्रयोग गर्न दिनुपर्ने।
  • मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई सहयोग गर्नुपर्ने।
  •  मतदान केन्द्रमा रहेको राजनीतिक दल वा उमेदावरको प्रतिनिधिले निर्वाचन चिन्ह वा सङ्केत नभएको पहिरन, परिचयपत्र र व्याजमात्र प्रयोग गर्नुपर्ने।
  •  कुनै किसिमको सवारी साधन प्रयोग गरी आवत जावत गर्न वा कसैलाई पनि लाने वा ल्याउने गर्न नहुने, शारीरिक रुपले अशक्त वा हिँडडुल गर्न नसक्ने मतदाताको लागि मतदान अधिकृतले तोकिदिएको सवारी साधन प्रयोग गर्न सक्ने।
  • उमेदवार, मतदाता, प्रचलित कानुनले अनुमति दिएका व्यक्ति, आयोगले अनुमति दिएका व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न नहुने।
  •  मतदातालाई मतदान गर्न जान वा मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले कुनै काम गर्न वा गराउन नहुने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.