काठमाडौं : नेकपा एमालेका सांसद भीम रावलले अमेरिकी सहयोग परियोजना (एमसिसी) पारित गर्दा सरकारले गरेको ‘व्याख्यात्मक घोषणा’ कहाँ पुग्यो भनेर प्रश्न गरेका छन्।
प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा एमसिसीमा अमेरिकाको लिखित धारणा नआएसम्म अगाडि नबढाउन सरकारसँग माग गरेका हुन्।
सांसद रावलले भने, ‘एमसिसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित गरेकोमा हालसम्म एमसिसीबाट कुनै कुरा लेखि नआएकाले सम्झौताको कार्यान्वयनमा गतिरोध सिर्जना भएको छ। नेपाली जनताको भावनाविपरीत कुनै पनि प्रावधानको अर्थ नलाग्ने राष्ट्रिय हित र स्वाधीनताविपरीत कुनै पनि प्रावधानको लिखित पत्र प्राप्त भएपछि मात्रै सम्झौताको कार्यान्वयन गर्न गर्नुपर्छ।’
सरकारले एमसिसी अनुमोदनपछि त्यसबारे कुनै जानकारी नगराएको समेत बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।