काठमाडौं : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण खाण विजयी भएका छन्।
गृहमन्त्री बालकृष्ण खाणका भाइ रहेका रामकृष्ण गठबन्धनका उम्मेदवार थिए। उनले २४ हजार ३९६ प्राप्त गरे भने उनका निकटम प्रतिद्वन्द्वी एमाले उम्मेदवार मोहन चापागाईँले २३ हजार ६२१ मत पाए।
उपप्रमुखमा एमालेकी जागेश्वर देवी चौधरी २३ हजार ८६ मतसहित विजयी भइन्। उनका निकटतम गठबनध्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमलाल पाण्डेले ११ हजार ५४६ मत पाए।
योसँगै ७५१ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। ७५३ स्थानीय तहमध्ये उदयपुरको त्रियुगामा मतगणना जारी छ भने बाजुराको बुढीगंगा नगरपालिकाको मतदान पुनः हुने भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।