|

काठमाडौं : नेपाल शिक्षक महासंघले तोकिएको शिक्षक,कर्मचारीको पारिश्रमिक संघीय सरकारबाटै उपलब्ध गराउन माग गरेको छ। स्थानीय तहले समयमा तलब उपलब्ध नगराएको भन्दै महासंघले आव २०७९/८० बाट नै उपलब्ध गराउन माग गरेको हो।

महासंघकी अध्यक्ष कमला तुलाधरले २०७८/७९ को बजेटमा तोकिए बमोजिम विद्यालयका लेखापाल र कार्यालय सहयोगीको पारिश्रमिक संघीय सरकारबाट उपलब्ध गराउनुपर्ने माग गरिन्।

त्यस्तै,महासंघले शिक्षक अस्पतालको लागि आवश्यक बजेट प्रबन्ध गर्ने,शिक्षा क्षेत्रका लागि कुल बजेटको २० प्रतिशत लगानीको प्रबन्ध गर्न पनि सरकारलाई ध्यानाकर्षण गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.