|

काठमाडौं : चुनावको अन्तिम परिणाम सार्वजनिक भएपछि केशव स्थापितले नवनिर्वाचित बालेन्द्र साहलाई शुभकामना दिएका छन्। शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै स्थापितले बालेनलाई आफ्नो तर्फबाट सहयोग र खबरदारी दुवै हुने उल्लेख गरे।

'काठमाडौं को विकास र समृद्धिसँगै तपाईंले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने छ। यद्यपि, तपाईंले गरेका कमजोरीमा भने म निरन्तर खबरदारी अवश्य गरिरहने छु',उनले भने।

पाँच वर्षे कार्यकालमा साहले आफ्नो विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्नुहुने छ भन्ने अपेक्षा पनि लिएको बताए।

'म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्य रुपमा लिएको छु', उनले लेखेका छन्, 'काठमाडौं  म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो। त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको संस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ।'

बालेनले निर्वाचनमा ६१ हजार ७६७ मत ल्याएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले  ३८ हजार ३४१ र नेकपा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे। आँखीझ्याल चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार सुमन सायमीले  १३ हजार ७७० मत ल्याए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.