|

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो क्वालिफायर शुक्रबार हुँदै छ। फाइनल प्रवेशका लागि राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेङलोर अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार राति ७:१५ देखि आमुन्नेसामुन्ने हुनेछन्।

राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित हुँदै क्वालिफायर-२ मा धकेलिएको थियो भने आरसीबीले भने एलिमिनेटर राउन्डमा नवप्रवेशी लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको थियो। आज जित्ने टोलीले आइतबार हुने फाइनलमा गुजरात टाइटन्सको सामना गर्नेछ।​

रजतसँगै विराटको उत्कृष्ट इनिङको अपेक्षामा बेङलोर

बेङलोरले एक प्रकारले भाग्य बलियो बन्दा प्लेअफमा स्थान बनाउन सफल भयो। स्टार खेलाडीहरू नचल्दा संकटमा पर्ने आँकलन गरिएको बेङलोरका लागि रजत पाटेदार चम्किदा एलिमिनेटरमा आरसीबी सानदार लयमा देखियो। दिल्लीलाई मुम्बईले हराएसँगै भाग्य चम्किएको आरसीबी प्लेअफमा उपाधि दाबेदार टोलीका रूपमा रहेको छ। लगातार तेस्रो वर्ष प्लेअफमा पुग्न सफल आरसीबीका लागि अन क्याप्ड प्लेयर पाटीदारले देखाएको लयले थप उत्साह थपेको छ।

गुजरातविरुद्ध ७३ रनको इनिङ खेलेका कोहली फर्ममा फर्किएको विश्वास गरिएको थियो। यस्तोमा लखनउविरुद्ध पुनः एकपटक कोहलीमाथिको आशा निराशामा परिणत भयो तर अब जित्नैपर्ने दबाब रहेको खेलमा पुनः एकपटक उनी आरसीबीका लागि आशाको किरणका रूपमा रहेका छन्। त्यस्तै कप्तान फाफ डुप्लेसिसलाई पनि अघिल्ला गल्ती दोहोर्‍याउने छुट छैन।

त्यसो त राजस्थान जारी सिजन साँचिकै उत्कृष्ट लयमा देखिएको छ। राजस्थानसँग ओरेन्ज क्याप होल्डर ब्याट्सम्यान (जोस बटलर) र पर्पल क्याप होल्डर बलर (युजेन्द्र चहल) रहेका छन्। जोस बटलर र युजेन्द्र चहलको धमाकेदार प्रदर्शनमा योपटक राजस्थानले आफूलाई उपाधि दाबेदारीमा अब्बल प्रमाणित गरेकाले पनि आरसीबीलाई सहज भने हुनेछैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.