|

सल्यान : शुक्रबार बिहान भएको बस दुर्घटनामा घाइते भएका ७ जनामध्ये ४ लाई थप उपचारका लागि जिल्लाबाहिर रिफर गरिएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार १ जनालाई दाङ र ३ जनालाई नेपालगञ्ज रिफर गरिएको हो।

सल्यान बागचौर नगरपालिका-८ कोटमौलाका ४८ वर्षीय अजमद कामीलाई दाङ्ग रिफर गरिएको छ भने वडा न ८ गैरागाउँकी ६३ वर्षीया चम्फा ढकाल, कोटमौलाका ७५ वर्षीय लिलानाथ योगी र छत्रेश्वरी गाउँपालिका-२ दहखोलाकी २२ वर्षीया अन्जना गिरी खड्कालाई नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।

अन्य घाइते बागचौर नगरपालिका-९ की ३६ वर्षीया मनिषा भण्डारी र रोल्पा गंगादेव गाउँपालिका-३ डाँडापोखरीकी ५८ वर्षीया दिलकुमारी खड्काको बागचौरस्थित जनप्रिय पोलि क्लिनिकमा उपचार भइरहेको छ।

सल्यान बागचौर नगरपालिका-९ पातिहाल्नबाट दाङ्ग तुलसीपुर जाँदै गरेको ना ३ ख ३८४४ नम्बरको बस बागचौर नगरपालिका-२ शारदा खोला नजिकै दुर्घटना भएको थियो। घटना थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान नै सोही ठाउँमा टिप्पर दुर्घटना भएको थियो। टिप्पर दुर्घटना भएपछि ओरालो बाटोमा बस रोकी बसका चालक साइड पुग्ने नपुग्ने हेर्न जाँदा दुर्घटना भएको अनुमान गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.