|

काठमाडौं :  भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवारी दुर्घटनामा परेर घाइते भएकी छन्।  गाडीको टायर पन्चर भएर दुर्घटना हुँदा उनको टाउकोमा चोट लागेको ललितपुर प्रहरीले जनाएको छ। 

उनी चढेको प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी जावलाखेलको स्टाफ कलेज नजिकै बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा उनी घाइते भएकी हुन्। उनको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको बताइएको छ।

दुर्घटनामा परेको गाडी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.