|
फाइल तस्वीर

कञ्चनपुर : भीमदत्त नगरपालिकाले उल्टाखाममा यौन हिंसापीडित बालिकाका परिवारलाई ५ लाख नगद सहयोग दिने निर्णय गरेको छ। भीमदत्तका मेयर पदम बोगटीले बिहीबार पहिलो कार्यपालिका बैठकबाट सहयोग दिने निर्णय गराएका छन्।

कार्यपालिका बैठकले पीडित बालिकालाई उच्च शिक्षासम्म अध्ययनको जिम्मा लिने निर्णय पनि गरेको छ। मेयरको सचिवालयका नायब सुब्बा नरेन्द्रदेव भट्टले कार्यपालिकाको पहिलो बैठकबाट नगद र शिक्षा अध्ययनको जिम्मेवारी लिने निर्णय गरिएको बताए।

‘मुख्य रुपमा पीडित बालिकाका परिवारलाई सहयोग र शिक्षा अध्ययनका लागि जिम्मा लिने निर्णय गरिएको छ‚’ उनले भने, ‘त्यसबाहेक निर्वाचनका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिने लगायतका निर्णय गरिएका छन्।’

मेयर बोगटीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकै दिन उनकै वडामा ११ वर्षिया बालिकामाथि यौन हिंसा भएको थियो। यौन हिंसामा संलग्न स्थानीय दिनेश मालीले त्यसलगत्तै घरभित्रै झुण्डिएर आत्महत्या गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.