|

पाल्पा : जिल्लाको पूर्वखोला गाउँपालिकाले अबको दुई वर्षमा सबै घरमा पानीको धारा पुर्‍याउने निर्णय गरेको छ।

बिहीबार पहिलो पटक बसेको गाउँकार्यपालिका बैठकले आगामी दुई वर्षमा यहाँका सबै घरपरिवारमा पानीको धारा पुर्‍याउने निर्णय गरेको अध्यक्ष नुनबहादुर थापाले बताए। उनका अनुसार यहाँ करिब ४ हजार घरपरिवार छन्। अहिलेसम्म ७० प्रतिशत घरमा पानीको धारा पुगिसकेको छ। बाँकी घरमा दुई वर्षभित्र पानीको धारा पुग्नेछ।

अब बस्ने गाउँसभाबाट पर्याप्त बजेटको व्यवस्था गरेर खानेपानी योजना तीव्र रूपमा अगाडि बढाइने थापाले बताए। अभिभावकविहीन बालबालिकाको शिक्षादीक्षाको जिम्मेवारी गाउँपालिकाले लिने उनले बताए। अभिभावक नभएका, सडकमा अलपत्र र अभिभावक भएर पनि आर्थिक अवस्था अत्यन्तै न्यून भएर पढ्न नपाएका बालबालिकाको अभिभावकीय भूमिका स्थानीय सरकारले गर्ने उनले बताए। विद्यालय तहको अध्ययन गर्दा लाग्ने सम्पूर्ण खर्च पालिकाले बेहोर्ने थापाले बताए।

बर्थिङ सेन्टरलाई थप सेवासहितको गुणस्तरीय बनाइने र नियमित गर्भवती परीक्षण कार्यलाई प्रभावकारी बनाइने उनले बताए। विपन्न परिवारका गर्भवती, सुत्केरी आमा र बालबालिकालाई भिटामिनयुक्त खानेकुराका लागि गापाले व्यवस्था मिलाउने थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.