|

काठमाडौं : सरकारी जग्गा बैना गरी ५ करोड २० लाख ठग्ने दुई व्यक्ति पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगीको आरोपमा भक्तपुर चाँगुनारायण-७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका-८ बस्ने ५८ वर्षका इश्वर गाइजुलाई आज नियन्त्रणमा लिएको हो।

उनीहरूलाई भक्तपुर नगरपालिका-१० को मालपोत गेटबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको कार्यालयले जनाएको छ।

दुई जनाले भक्तपुरको साविक सुडाल गाविस वडा नम्बर ४ क मा रहेको अर्कैको नाममा रहेको जग्गा झुक्यानमा पारी बिक्री गर्न करारनामा बनाएका थिए। साथै सोही स्थानको ३९९ कित्ता नम्बर रहेको सरकारी जग्गासमेत बिक्रीका लागि करारनामा गरी बैनाबापत ५ करोड २० लाख रूपैयाँ लिइ ठगेको उजुरी प्रहरीमा परेको थियो।

खोटाङका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बस्ने धनीराम राईले जाहेरी दर्ता गरेपछि ठगी गर्ने दुई व्यक्ति पक्राउ परेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.