|

काठमाडौं : प्रहरीले ७ करोड फिरौती माग गर्ने ७ जनालाई नियन्त्रणमा लिएको छ। सुनियोजित तरिकाले पीडितलाई पटकपटक फोन गरी तथा प्रत्यक्ष भेटेर धम्की दिई ७ करोड रुपैयाँ माग गर्ने व्यक्तिलाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट बिहीबार नियन्त्रणमा लिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उदयपुर त्रियुगा नगरपालिका-१० का २१ वर्षीय सुजन आचार्य, कालिकोट सान्नित्रिवेणी-८ का २९ वर्षका टेक विक र बझाङ खप्तड छान्ना-७ का धर्मराज थापालाई नियन्त्रणमा लिएको हो।

यसैगरी काभ्रेपलान्चोक तेमाल-२ का ३३ वर्षीय उमेश भण्डारी, गुल्मी धुर्कोट-२ का २९ वर्षका वसन्ता खनाल, चितवन भरतपुर-११ का ३२ वर्षीय सुरज शर्मा र काठमाडौं महानगरपालिका-९ सिनामंगलका ३३ वर्षीय श्रवण कार्की पनि पक्राउ परेका छन्।

उनीहरूमाथि आपराधिक लाभ मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.