|

धनकुटा : स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत ल्याउन नसक्दा धनकुटाका १ सय २१ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ।

धनकुटा जिल्लामा रहेका ७ सय ८५ जना उम्मेदवार मध्ये १ सय २१ जनाको जमानत जफत भएको हो। नगरपालिका प्रमुखमा ८ जना, नगरपालिका उपप्रमुखमा ४ जना, गाउँपालिका अध्यक्षमा ११ जना, गाउँपालिका उपाध्यक्षमा ६ जना, वडा अध्यक्षमा ५१ जना, महिला सदस्य १२ जना, दलित महिला सदस्य ५  जना र २४  जना खुला सदस्यको जमानत जफत भएको निर्वाचन कार्यालय धनकुटाले जनाएको छ।

जमानत जफत हुने नगरपालिका प्रमुखमा राप्रपाका ३ जना, स्वतन्त्रका ३ जना र मंगोल नेशनल अर्गनाइजेशन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ जना रहेका छन्। नगरपालिका उपप्रमुखमा राप्रपाका २ जना र स्वतन्त्र २ जनाको जमानत जफत भएको छ।

गाउँपालिका अध्यक्षमा स्वतन्त्रका ३ जना, राप्रपा र मंगोल नेशनल अर्गनाइजेशनका २/२ जना र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना तथा गाउँपालिका उपाध्यक्षमा राप्रपाका २ जना तथा मंगोल नेशनल अर्गनाइजेशन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र स्वतन्त्रका १/१ जनाको जमानत जफत भएको छ।

यस्तै जमानत जफत हुने वडा अध्यक्षहरूमा राप्रपाका २० जना, स्वतन्त्रका ११ जना, मंगोल नेशनल अर्गनाइजेशनका ६ जना, नेकपा एकीकृत समाजवादीका ५ जना, जनता समाजवादी पार्टीका ५ जना तथा नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपा नेपालका १/१ जना रहेका छन्।

जमानत जफत हुनेमा धनकुटा नगरपालिकामा २२ जना, पाख्रिवास नगरपालिकामा २७ जना, महालक्ष्मी नगरपालिकामा १४ जना रहेका छन्। यस्तै छथर जोरपाटी गाउँपालिकामा १४ जना, सहिदभूमि गाउँपालिकामा २१ जना, साँगुरीगढी गाउँपालिकामा १७ जना र चौबिसे गाउँपालिकामा ६ जनाको जमानत जफत भएको छ।
जमानत जफत हुनेमा धनकुटा नगरपालिका प्रमुखका उम्मेदवारमा राप्रपाकी सुमिना तामाङ, स्वतन्त्रका सुन्दरबाबु श्रेष्ठ, उपप्रमुखमा सीताराम श्रेष्ठ, वडाअध्यक्षमा १० जना, महिला सदस्यमा २ जना, दलित महिला सदस्यमा १ जना र खुल्ला सदस्यमा ६ जना उम्मेदवार रहेका छन्।

यस्तै पाख्रिबास नगरपालिकाका प्रमुखका उम्मेदवारमा राप्रपाका ज्ञानबहादुर पौडेल, मंगोल नेशनल अर्गनाइजेशनका डेभिड राई र स्वतन्त्रका चकेन्द्र बहादुर बस्नेतको पनि जमानत जफत भएको छ। यस्तै उपप्रमुखमा राप्रपाकी रुद्रकुमारी आले र स्वतन्त्र देवकुमारी बस्नेतको पनि जमानत जफत भएको छ। पाख्रिबास नगरपालिकामा १२ जना वडाअध्यक्ष, २ जना महिला सदस्य, ३ जना दलित महिला सदस्य र ५ जना खुल्ला सदस्य उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए।

यता महालक्ष्मी नगरपालिका प्रमुखमा राप्रपाका चेतनाथ चापागाईंको, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गुरुप्रसाद लिम्बू, स्वतन्त्रका विष्णु पौडेलको जमानत जफत भएको छ भने उपप्रमुखमा राप्रपाका इन्दिरा भण्डारीको जमानत जफत भएको छ। महालक्ष्मी नगरपालिकामा ४ जना वडा अध्यक्ष, १ जना महिला सदस्य, १ जना दलित महिला सदस्य र ४ जना खुल्ला सदस्यका उम्मेदवारको जमानत जफत भएको श्रेष्ठले जानकारी दिए।

साँगुरीगढी गाउँपालिका अध्यक्षमा राप्रपाका नरेन्द्र कुमार राई, मंगोल नेशनल अर्गनाइजेशनका दिनेश कुमार राई, स्वतन्त्रमा भुवन बहादुर लिम्बूको जमानत जफत भएको छ भने उपाध्यक्षमा राप्रपाकी सानुमाया घर्ती (तामाङ) र मंगोल नेशनल अर्गनाइजेशनकी निरण कुमारी राईको पनि जमानत जफत भएको छ। साँगुरीगढी गाउँपालिकामा वडाअध्यक्षमा ७ जना, महिला सदस्यमा २ जना र खुल्ला सदस्यमा ३ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

सहिदभूमि गाउँपालिका अध्यक्षमा राप्रपाका गुर्दबहादुर राई, स्वतन्त्रका अनिष पुमा राई र माइकल राईको पनि जमानत जफत भएको छ भने उपाध्यक्षमा राप्रपाकी चन्द्रकुमारी राई र स्वतन्त्रकी रमन कुमारी राईको जमानत जफत भएको छ। सहिदभूमि गाउँपालिकामा १० जना वडाअध्यक्ष, २ जना महिला सदस्य र ४ जना खुल्ला सदस्यका उम्मेदवारको जमानत जफत भएको छ।

चौबिसे गाउँपालिका अध्यक्षमा मंगोल नेशनल अर्गनाइजेशनकी दिलमाया लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तत बहादुर लिम्बूको जमानत जफत भएको छ भने उपाध्यक्षमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी शान्तिदेवी लिम्बू पनि जमानत जफत भएको छ। चौबिसे गाउँपालिकामा वडाअध्यक्ष, महिला सदस्य र खुल्ला सदस्यमा १/१ जना उम्मेदवारको जमानत जफत भएको छ।

छथर जोरपाटी गाउँपालिका अध्यक्षमा राप्रपाका निरबहादुर थापा, मंगोल नेशनल अर्गनाइजेशनका कृष्ण गुरुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका श्रीप्रसाद लिम्बूको जमानत जफत भएको छ भने उपाध्यक्षमा राप्रपाकी सम्झना खपतरीको पनि जमानत जफत भएको छ। छथर जोरपाटी गाउँपालिकामा ७ जना वडाअध्यक्ष, २ जना महिला सदस्य र १ जना खुल्ला सदस्यका उम्मेदवारको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.