|

वासिङटन : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले अन्तरराष्ट्रिय व्यवस्थाका लागि चीन सबैभन्दा खतरा भएको बताएका छन्।

यस्तो विवाद भए पनि वर्तमान अमेरिकी सरकारले चीनसँग ‘शीतयुद्ध’ नचाहेको पनि स्पष्ट पारे। उनले चीनले अन्तरराष्ट्रिय नियमहरू पालना गर्ने विश्वास गरेको पनि बताए। अमेरिकाले चीनलाई ‘दीर्घकालीन चुनौती’को रूपमा लिने गरेको बताए।

रूसले युक्रेनमा गरेको आक्रमणको विरुद्धमा अमेरिकाले सारा विश्वलाई एकजुट बनाएको चर्चा गर्दै अन्तरराष्ट्रिय व्यवस्थाका लागि चीन सबैभन्दा खतरा रहेको बताए।

चीनसँग अमेरिकी विदेश नीतिका विवादबारे टिप्पणी गर्दै ब्लिन्कनले भने‚ ‘चीन एक मात्र देश हो जसले अन्तरराष्ट्रिय व्यवस्था परिवर्तन गर्न चाहन्छ। यसका लागि ऊ आर्थिक, कूटनीतिक, सैन्य र प्राविधिक शक्ति पनि बढाउन चाहन्छ।’ उनले चीनको क्रियाकलापले विश्वले विगत ७५ वर्षमा हासिल गरेको प्रगति र विश्वव्यापी मूल्य मान्यताबाट टाढा लैजाने चेतावनी दिए।

ब्लिन्कनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिले युद्ध चलाइरहेको चर्चा गर्दै चीनका कारण अन्तरराष्ट्रिय व्यवस्था सबैभन्दा गम्भीर अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे।

बाइडेन प्रशासनले युक्रेनमा रूसी आक्रमणको विरोध गर्ने अन्तरराष्ट्रिय समूहलाई चीनविरुद्धको बृहत् गठबन्धनमा समावेश गर्ने लक्ष्य राखेको छ।

‘शान्ति र सुरक्षा कायम गर्न बनाइएका अन्तरराष्ट्रिय कानुन, सम्झौता, सिद्धान्त र संस्थाहरूको रक्षा र सुदृढीकरण गर्नेछौं’, ब्लिन्कनले जर्ज वासिङटन विश्वविद्यालयमा सम्बोधन गर्दै भने। आफ्नो ३० मिनेटको सम्बोधनमा ब्लिन्कनले अमेरिकी राष्ट्रपति जो बाइडेनले हिन्द प्रशान्त आर्थिक ढाँचा (इन्डो-प्यासिफिक इकोनोमिक फ्रेमवर्क-आईपीईएफ)को घोषणा र यस हप्ताको शुरुमा भएको क्वाड बैठकलाई पनि उल्लेख गरे।

हामीले स्वदेश र विश्वभरका देशहरूसँग गर्ने कार्यहरूले भविष्यको हाम्रो साझा दृष्टिकोण साकार हुने वा नहुने निर्धारण गर्ने उनले बताए।

ब्लिन्कनले आफ्नो भाषणमा विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश चीनप्रति अमेरिकी प्रशासनको रणनीतिलाई तीन शब्दमा उल्लेख गरे। उनले भने‚ ‘लगानी गर्नुहोस्, ढाँचा निर्माण गर्नुहोस् र प्रतिस्पर्धा गर्नुहोस्।’ उनले युक्रेनमाथि आक्रमण गरेको रूसलाई रोक्न आफ्नो अधिकांश स्रोतहरू समर्पित गरेको अमेरिकाले चीनलाई ‘दीर्घकालीन चुनौती’ को रूपमा लिने गरेको बताए।

अमेरिकी विदेशमन्त्रीले चीनले तिब्बतमा गरेको मानवअधिकार उल्लङ्घनको उल्लेख गर्दै तिब्बती जनताको पक्षमा उभिने बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.