|

इलाम : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको क्षेत्र सूर्योदय नगरपालिकामा गठबन्धन टुटेको छ। जिल्लाकै सबैभन्दा ठूलो स्थानीय तहमा कार्यपालिका सदस्य चयनका लागि नेकपा एकीकृत समाजवादीले एमालेसँग सहकार्य गरेको हो।

३ पटकको वार्तामा ४/४ जना कार्यपालिका सदस्यहरु बाँडेर कार्यपालिकामा उम्मेदवारी दिने सहमति भएको नेकपा एमालेबाट निर्वाचित एक जनप्रतिनिधिले बताए।

नेकपा एस र एमाले बीचको वार्ता अन्य पार्टीले थाहा नपाउन भनेर छिमेकी देश भारतीय सहरमा वार्ता बसेको बुझिएको छ। अहिले उम्मेदवार मनोनयनको काम समेत धमाधम भएको छ।

‘निर्वाचित जनप्रतिनिधिबाट ३ जना र बाहिरबाट मनोनयन गर्ने १ जना कार्यपालिका सदस्य दिने सहमति गरिएकाे हो।’ एमाले जनप्रतिनिधिले भने, ‘नेकपा एमालेले चार जना कार्यपालिका सदस्य आफूले पाउनुपर्ने प्रस्ताव गरेको थियो, एकीकृत समाजवादी पार्टीले माग पूरा गरेकाले मिलेर कार्यपालिका बनाउने मौखिक सहमति भएको हो। सहमति लिखित भएको छैन।'

सूर्योदयमा नेपाली कांग्रेसका नगर उपप्रमुख सहित ३४ जना जनप्रतिनिधि छन्। नेकपा एसको नगर प्रमुख सहित २० जना र एमालेका १८ जना जनप्रतिनिधि रहेका छन्। गठबन्धन दल माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका थिए।

सूर्योदय नगरपालिकाको विजय सभामा नेकपा एसका इन्चार्ज तारा नेपालले अबको निर्वाचनमा बाम गठबन्धन हुने बताएका थिए। सोही अनुसार नेकपा एसले एमालेसँग सहकार्य गरेको देखिन्छ। त्यतिमात्र नभएर नेकपा एसका सम्मानित नेता खनालले समेत सूर्योदयमा गठबन्धनबाट धोका भएपछि एक्लै चुनाव जितेको अभिव्यक्ति दिएका थिए।

खनालले यसअघि गठबन्धनबाट आफूलाई धोका भएको बताउँदै आएका छन्। खनालले बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा नेकपा एससँग गठबन्धन गरेको कांग्रेसले एमालेलाई भोट दिएर गठबन्धन माथि धोका दिएको बताएका थिए।

बैशाख ३० गतेको निर्वाचनमा समेत गठबन्धन दलकाे जनता समाजवादीले मेयर, उपमेयर र वडामा समेत एकल रुपमा भिडेको थियो।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.